काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ प्रमुख प्रशासकीय अधिकृतसहित ६५ कर्मचारीको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयको मंसिर ८ र ९ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका सात, तृतीय श्रेणीका २० र राजपत्र अनङ्कित प्रथम श्रेणीका ३८ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।
तीमध्ये उपसचिवस्तरका चार र शाखा अधिकृतस्तरका पाँच गरी नौ प्रमुख प्रशासकीय अधिकृत छन् ।
त्यसैगरी १२ शाखा अधिकृत, एक मालपोत अधिकृत, दुई इन्जिनियर, ३२ नायब सुब्बा, पाँच कम्प्युटर अपरेटर र एक सब-इन्जिनियरसहितका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।
उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा अन्य सरकारी निकायमा सरुवा, काज तथा कामकाज गर्न खटाइएको छ ।
हेर्नुहोस् को कहाँ ?






