२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोक जिल्लाकै ठूलो गौराती भीमेश्वरको मेला नहुने

अ+ अ-

चौतारा । प्रत्येक कार्तिक पूर्णिामाको दिन लाग्ने सिन्धुपाल्चोक जिल्लाकै ठूलो गौराती भीमेश्वरको मेला यस वर्ष नहुने भएको छ ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राखी नित्य पूजाबाहेक भीडभाड हुन नदिने उद्देश्यले मेलामा रोक लगाइएको गौराती विकास समाजका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

सरकारी पूजासहित करीब पाँच हजार पशुपक्षीको बलि हुने उक्त मन्दिरमा कुनै बलि पूजा नहुने र पसल राख्नका लागि कक्ष नबनाउनसमेत जिल्ला प्रशासन कार्यालयबाट सर्वसाधारणलाई आग्रह गरिएको छ । सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा रहेको गौरातीडाँडामा अवस्थित गौराती भीमेश्वरको मेला पूर्णिमाको दिन शुरु भई द्वितीयाका दिन समाप्त हुन्छ ।

चौताराको पुरानो बजारको गुठीघरबाट भीमसेनको मूर्ति रथमा राखी गुठीयारले पूर्णिमाको राति गौराती भीमेश्वरको मूर्तीसँग मिलन गराई भोलिपल्ट पुनः फिर्ता गरी गुठीयारका घरघरमा पूजा गरेपछि द्वितीयाका दिन सिन्दूरजात्रा सम्पन्न गरी साँझ गुठीघरमा थन्क्याइन्छ ।

यस वर्ष भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सवारीसाधनमा मूर्ति राखेर लाने र ल्याउने गरिने व्यवस्था मिलाइएको चौतारा सागाँचोकगढी नगरपालिका-५ का वडाध्यक्ष नरमान पालिखेले बताए । प्राचीनकालमा पत्ता लागेको भीमेश्वरको मूर्ति त्यतिबेलादेखि नै पुजिँदै आएको विश्वास गरिए पनि प्रामाणिकरुपमा विसं १६४२ मा स्थानीयवासी दलबहादुर कुँवरले चढाएको ढलोटको घण्ट अद्यापि रहेकाले ४३५ वर्षभन्दा पहिलेदेखि नै त्यहाँ मन्दिर रहेको विश्वास गरिएको छ ।