काठमाडौँ । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने भएका छन् ।
भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ ।
उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । उनी आइतबार नै फर्कने छन् ।
भारतीय विदेश सचिव हर्षवर्धन श्रृगंलाको दुई दिने नेपाल भ्रमणलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई चासोका साथ हेरिएको छ ।







