२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर कारागारबाट कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

अ+ अ-

चितवन । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो ।

निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् । उनीहरुलाई गत आइतबार नै निलम्बन गरिएको भए पनि प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङका अनुसार तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका उनीहरुलाई निलम्बन गरिएको हो ।

यही मङ्सिर ११ गते साँझ ५ः३० बजे सुरक्षाकर्मीले काम परिवर्तन गर्ने समयमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए । फरार श्रेष्ठको खोजी जारी छ । उक्त घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको समितिले प्रतिवेदन पेश गरेसँगै उनीहरुलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

कारागार प्रशासन, सुरक्षा प्रशासन र आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकाले विभागीय कारवाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ । भरतपुर कारागारबाट अहिलेसम्म सात कैदी फरार भएका छन् । कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन् । बाँकी ६ जना अदालत लैजाने र अस्पतालमा उपचारका क्रममा भागेको कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । दुई सय ८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ कैदीबन्दी राखिएका छन् ।

अनुसार तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका उनीहरुलाई निलम्बन गरिएको हो । यही मङ्सिर ११ गते साँझ ५ः३० बजे सुरक्षाकर्मीले काम परिवर्तन गर्ने समयमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए । फरार श्रेष्ठको खोजी जारी छ । उक्त घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको समितिले प्रतिवेदन पेश गरेसँगै उनीहरुलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

कारागार प्रशासन, सुरक्षा प्रशासन र आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकाले विभागीय कारवाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ । भरतपुर कारागारबाट अहिलेसम्म सात कैदी फरार भएका छन् । कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन् । बाँकी ६ जना अदालत लैजाने र अस्पतालमा उपचारका क्रममा भागेको कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए। दुई सय ८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ कैदीबन्दी राखिएका छन् ।