काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा सर्वदलीय बैठक सकिएलगत्तै चोभार जाने भएका छन् ।
किर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण किर्ति विहारले सञ्चालनमा ल्याउन लागेको परियोजना ‘शान्ति सुद्धम्मावास’ जेष्ठ नागरिक आराम गृहको शिलान्यास गर्न प्रधानमन्त्री ओली चोभार जाने भएका हुन् ।
सुलक्षण किर्ति विहारले आजै जेष्ठ नागरिक आराम गृहको शिलान्यास गर्ने कार्यक्रम राखेको छ ।







