२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीको संलग्नतामै सारा भ्रष्टाचार भएको गगन थापाको आरोप

अ+ अ-

धनगडी । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीका बिच बाध्य रोगको भयलाई व्यवास्ता गरि आफ्नो पार्टी सडकमा आउनुपरेको बताएका छन्।

कांग्रेसले आइतबारदेखि सुरू गरेको देशव्यापी प्रदर्शन अन्तर्गत धनगढीमा आयोजित सभामा बोल्दै उनले सरकारका क्रियाकलापबाट आजित भएर सडकको सहारा लिनुपरेको र सरकार ठेगानमा नआएसम्म सडकबाट नफर्कनेसमेत दाबी गरे।

‘बालुवाटारको दुलोमा लुकेर षड्यन्त्र गरेको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको छ,’ उनले भने, ‘सरकारले घुँडा नटेकेसम्म हामी सडकमै रहन्छौँ।’ कोरोना महामारीबीच सक्दो सतर्कता अपनाएर सडक प्रदर्शन गर्ने उनको भनाई थियो। यसका बाबजुद कुनै घटना घटे सरकार त्यसको जिम्मेवार हुनुपर्ने उनको भनाई थियो।सरकार जतिसुकै शक्तिशाली भए पनि जनतालाई शक्तिशाली बनाउने काम नगरेको उनको तर्क थियो।

‘सरकारले तत्कालै गर्नुपर्ने काम गर्दैन, जहिल्यै पुरा नहुने हावादारी कुरा मात्रै गर्छ,’ उनले भने, ‘मुखले भ्रष्टाचार गर्दैनौं भनेको सरकार आफैंले वाइडवडी, सेक्यूरिटी प्रेस, वालुवाटारको जग्गा खर्लप्प खायो।’ उनले लकडाउन गरेर मजदुर, जनतालाई घरमा थुनेर सरकार आफूलेचै सिन्कोसमेत नभाँचेको थापाको आरोप छ। अख्तियारले छानबिन गरिररहेको मान्छेलाई प्रधानमन्त्रीले निर्दोष घोषणा गर्दै भ्रष्टाचार संरक्षण र प्रोत्साहन गरेको उनले आरोप लगाए।

भारतले मिचेको भूमि फिर्ता ल्याउन कांग्रेसले नक्सा जारी गर्न सरकारलाई दवाव दिएपछि प्रधानमन्त्रीले बाध्य भएर नक्सा बनाएको उनको दावी थियो। उनले नेकपाका अध्यक्ष प्रचण्ड र नेता नेपाललाई इंगित गर्दै आफ्नै पार्टीको प्रधानमन्त्री भ्रष्ट छ भनेर उनीहरूले नै लेखेको दावी गरे। ‘हामीले भ्रष्टचारीलाई पनि प्रधानमन्त्री भनेर बोकेर हिड्नुपर्ने दिन आयो,’ उनले प्रश्न गरे। सुदूरपश्चिम प्रदेशका जनताले संघीयता, गणतन्त्र, समावेशीता र संविधानको पक्षमा आवाज उठाउनुपर्नेमा ठिक उल्टो भएको बताए ।

सरकारले प्रस्ताव गरेको कानुनमा नागरिकले बोल्न र लेख्न पाउने अधिकार खोस्न खोजेको आरोप उनको थियो। उनले सरकारले सामाजिक सञ्जालमा आफ्ना विचार लेख्न पनि रोक्ने कानुन बनाउन लागेको उनले आरोप लगाए।

नेता थापाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विषयमा बोल्दै सरकारको नियतमाथि प्रश्न उठेको बताए । कांग्रेस नेताको टाउकोमा डण्डा बजाउन ओली सरकारले प्रहरीलाई ठाडै आदेश दिएको उनले आरोप लगाए। प्रधानमन्त्रीको संलग्नतामै सारा भ्रष्टाचार भएको उनले आरोप लगाए।