काठमाडौँ । प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रम र सुरक्षा चुनौतीबारे प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिहरु र उच्च सैन्य अधिकारीसँग छलफल गरिरहेका छन् ।
विकसित घटनाक्रमबाट आउनसक्ने सम्भावित सुरक्षा चुनौतिबारे प्रधानसेनापती थापाले भर्चुअल माध्यमबाट पृतनापतीहरुसँग छलफल गरिरहेको सैन्य प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
सैन्य प्रवक्ता पौडेलले भने–‘यस्तो छलफल नियमित पनि हुन्थ्यो, अहिले थप सुरक्षा चुनौती आउँछ कि भन्ने हो, त्यसबारे छलफल जारी छ ।’
छलफलमा नेपाली सेनाको ८ जना पृतनापति सहभागी छन् ।







