काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव हुन नसक्ने बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै वैशाखमा चुनाव नहुने दाबी गरेका हुन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरे सँगै विरोधस्वरुप डा. भट्टराईले सो कुरा बताएका हुन् ।
डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन्, ‘वैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङमा फसिसक्यो, संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न। दिगो उपचार राजनीतिक नै हो : १. सङ्गठित/एकीकृत/सशक्त जनप्रतिरोध २. प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोगसहिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)’







