काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीमा राम्रो काम गर्नेलाई उठ्न नदिने प्रवृत्ति रहेको आरोप लगाएका छन्।
आज (बुधबार) ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदुरपश्चिमका कार्यकर्ता सहभागी भेलामा प्रधानमन्त्री ओलीले समयको डुंगामा दाहाल-नेपाल खेमा पछि परेको आरोप लगाएका छन्। उनले भने, ‘डुंगा अगाडि बढ्न उहाँहरूले दिनुभएन। चाहनु भएन। डुंगा तानिरहनुभयो। तर डुंगा अगाडि बढ्यो। उहाँहरू छुट्नुभयो।’
डुंगालाई पछि तान्ने कामबाट अर्को खेमा थाकेको आरोप पनि उनले लगाए। यस्तै हिजोको अर्को खेमाको प्रदर्शन महिलाको अपमानमा पनि केन्द्रित रहेको उनले आरोप लगाए। योसँगै प्रधानमन्त्री ओलीले अर्को खेमाले पदका लागि मात्रै हारगुहार गरेको आरोप लगाए।







