काठमाडौँ । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले सबै दाना उद्योगहरुलाई उत्पादनमा अनिवार्य लेवलिङ गर्न पत्राचार गरेको छ ।
उद्योगबाट उत्पादन भई विक्री वितरण हुने दाना उद्योगहरुमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ बमोजिम तोकिएका विषयहरु लेवलमा अनिवार्य समावेश गरेर मात्रै दाना उत्पादन गर्न गराउन विभागले अनुरोधसमेत गरेको छ ।
उत्पादनमा उत्पादकको नाम ठेगाना र दर्ता नम्बर, निश्चित अवधीभित्र उपभोग गरिसक्नुपर्ने भए त्यसको अवधी, वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल, वस्तुको अधिकतम खुद्रा मूल्य, ब्याच नम्बर र उत्पादन मिति अनिवार्य उल्लेख गरेको हुनुपर्नेछ ।
लेवल नगरेको पाइएमा नियमानुसार कारवाही हुने पनि विभागद्वारा जारी सुचनामा जनाइएको छ ।







