२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेकपा विभाजनले मेरो मुटु चिरिएको छ, मुटु फुटेको छ’ : दिनानाथ शर्मा

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपाका राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्माले नेकपा फुट्दा आफ्नो मुटु चिरिएको बताएका छन्। आजबाट सुरु भएको सातौँ अधिवेशनमा बोल्दै उनले नेकपा भित्र उत्पन्न स्वार्थका कारणले प्रतिनिधिसभा विघटन हुन पुगेको पनि बताए।

‘मेरो राजनीतिक इतिहासको ५५, ५६ वर्षको अनुभव र अहिलेसम्मको यात्रामा पार्टी एकता भएर नेकपा बन्दा खेरी सबैभन्दा खुसी थिएँ। सायद सबै नेपाली जनता खसी थिए, खुसी नहुने कोही थिएन। नहुने केही थिए होला त्यो अलगै कुरा हो। निर्वाचनमा खुसी भएको देखिएको थियो। जनमतबाट पनि देखिएको थियो,’ उनले भने, ‘अहिले पार्टी विभाजन हुनै लाग्दा मेरो मुटु चिरिएको मुटु फुटेको अनुभव गरेको छु। यति धेरै पिडा विगतका फुटमा यति दुख पिडा महसुस भएको थिएन। सबै माननीय सदस्यहरुको अनुहार र मुटु छामेको छु, कसैले पनि पार्टी विभाजन सही हो भन्नु भएको छैन। सबैको अनुहारमा मलिनता पढिरहेको छु।’

उनले अहिले नेकपा कुनै सिद्धान्त र दर्शनको आधारमा विभाजन नभई राजनीतिक कारणले मात्र विभाजन भइरहेको बताए। ‘यो पार्टी विभाजन कुनै सिद्धान्त, दर्शनको आधारमा हुन गइरहेको छैन। केबल राजनीतिक कारणले मात्रै पार्टी विभाजन हुन गइरहेको छ। जुन कुरा दुखद् हो,’ उनले भने, ‘हिजो हामी विचार, दर्शन, सिद्धान्त का कारणले विभाजन भएका थियौँ। यस पटकको विभाजन त्यो आधारमा हैन राजनीतिक कारणले भएको छ। राजनीति देशको हितको लागि हुन्छ भने देशको मुहार फेरिन्छ। इतिहासको विभिन्न कालखण्डमा राजनीति राष्ट निर्माणको लागि भन्दा पनि दल भित्र भएका कचिङ्गलका कारण लोकतन्त्र कमजोर भए। दलहरु विखण्डित भएको ठाउँमा लोकतन्त्र कमजोर भएको छ।’

उनले नेकपाको विवाद नेता तथा संसद वामदेव गौतमले मिलाउन सक्ने पनि बताए। राष्ट्रियसभामा गौतमलाई स्वागत गर्दै भने, ‘उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य भएर आउनु भएको छ। यसले यसको गरिमा उँचो राख्न मद्दत दिने छ। उहाँलाई स्वागत गर्दछु । बामदेवजीलाई विभाजन मन परेको छैन। रसायनको काम गर्छु भन्नु भएको छ। उहाँको त्यो अभियान सफल रहोस्। त्यस्तो रसायन र विधि भए उहाँले प्रयास गर्नु हुनेछ।’उनले प्रतिनिधिसभा विभाजन नेकपाको आन्तरिक विवादकै कारण विघटन भएको बताए।