काठमाडौँ । नेकपा (एमाले) माधव नेपाल पक्षको केन्द्रीय सदस्यको भेला नयाँ बानेश्वरमा जारी छ । नयाँ बानेश्वरको अर्याल होटलमा केहीबेरअघि भेला सुरु भएको हो । भेलामा नेपाल पक्षीय अधिकांश केन्द्रीय सदस्य सहभागी छन् ।
एमालेभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्ष गर्ने भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेका नेता नेपालले केन्द्रीय सदस्यको भेला गरेका हुन् ।
प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपाका नेताहरु एमाले र माओवादी पार्टी अस्तित्वमा आएपछि नेपालले केन्द्रीय सदस्यको भेला पहिलो पटक गरेका हुन् ।







