११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती राजकुमार ह्यारी नयाँ कम्पनीका कार्यकारी अधिकृत, सुरु गरे जागिर

अ+ अ-

काठमाडौँ । बेलायती राजकुमार ह्यारीले नयाँ जागिरे जीवन सुरु गरेका छन् । बेलायती राजघराना त्याग गरेका ह्यारीले अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा कार्यकारी अधिकृतको जागिर सुरु गरेका हुन् ।

सीएनएनका अनुसार उनी स्टार्टअप कम्पनी बेटरअपमा चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्तासमेतले उक्त कुराको पुष्टि गरेका छन् । बेटरअपले ग्राहकहरुलाई प्रशिक्षण तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

कम्पनीको वेबसाइटमा ह्यारीलाई कम्पनीको नेतृत्व तहमा सूचीकृत गरिएको छ । जहाँ उनको बारेमा उल्लेख गर्दै उनी मानवतावादी, सैनिक भेट्रान, मानसिक स्वास्थ्य पैरवीकर्ता तथा वातावरणकर्मी भएको बताइएको छ ।

राजकुमार ह्यारीकी पत्नी मेघनले अमेरिकी टेलिभिजन सेलिब्रेटी ओप्राह विन्फ्रेलाई आफूहरु बेलायती राजपाठ छाडेको सम्बन्धमा दिएको विस्तृत अन्तर्वार्ता दिएको केही हप्तामै ह्यारीले नयाँ जागिर सुरु गरेका हुन् । राजपरिवारका रुपमा रहँदा भोग्नुपर्ने मानसिक तनाव र त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावका विषयमा पनि उनीहरुले बोल्ने गरेका छन् ।
बेटरअप कम्पनीमा ह्यारीको भूमिका प्रडक्ट रणनीति सम्बन्धी निर्णय तथा च्यारिटी योगदानका विषयमा आफ्नो राय दिनु र मानसिक स्वास्थ्यका विषयमा सार्वजनिक रुपमा पैरवी गर्नु हुनेछ ।

उक्त कम्पनीमा ह्यारीको तलब कति हुनेछ भन्ने बारेमा केही खुलाइएको छैन । कम्पनीका सीईओ एलेक्सी रोबिचउक्सले वाल स्ट्रिट जर्नलसँग कुराकानी गर्दै ह्यारीको भूमिका अर्थपूर्ण रहेको बताएका छन् ।

आफू कम्पनीमा आबद्ध हुनुका कारणका विषयमा कम्पनीको ब्लगपोष्टमा ह्यारीले भनेका छन्, ‘बेटरअप कम्पनीले मेरो ध्यान आकर्षित गर्नुको कारण चाहिँ अन्वेषण, प्रभाव र इमान्दारिताका साथ मानिसहरुका सम्भावना र क्षमताका ढोका खोल्ने कम्पनीको मिसन नै हो । कम्पनीको टिमले वर्षौंदेखि यो काम गरिरहेको छ ।’

कम्पनीले उपलब्ध गराएको प्रशिक्षणबाट आफू व्यक्तिगत रुपमा पनि लाभान्वित भएको ह्यारीले जनाएका छन् ।
ह्यारी दम्पत्तिले आफ्नै कम्पनी पनि खोलेका छन् । आर्केवेल अडियो नामक उक्त कम्पनी स्पोटीफाइसँग साझेदारी गरिरहेको छ । सीएनएन

प्रतिक्रिया दिनुहोस