काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
स्थानीय ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।
सोही ठाउँ बस्ने नरसिंह चौधरीको घरमा मिटर जडानका क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारको लागि युनिक अस्पताल सप्तरीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।







