२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव

अ+ अ-

लहान । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत शनिबार राति लुटेरा समूहको गोली प्रहारबाट मृत्यु भएका सिरहाको लहान नगरपालिका–२२ निवासी ४५ वर्षीय सुन चाँदी व्यवसायी प्रदीप विश्वकर्माको परिवारजनलाई आज भेटेर उनले लुटेरा समूहलाई कानूनी दायरामा ल्याउने र मृतक परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले भने, ‘घटना असाध्यै हृदयविदारक छ, घटनाका अपराधीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइने छ ।’ घटनामा संलग्न कतिपय व्यक्ति पक्राउ परिसकेका र कतियप व्यक्ति छिट्टै पक्राउ पर्ने उनको दाबी थियो ।

मृतक परिवारलाई प्रदेश सरकारले छिट्टै क्षतिपूर्ति उपलब्ध गराउने बताउदै मन्त्री यादवले हरेक नागरिकको सुरक्षाका लागि सरकार र सुरक्षा निकाय कटिबद्ध रहेको उल्लेख गरे । सो क्रममा मृतक विश्वकर्माको परिवारजनले तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

‘परिवारमा दाजु एक्लै कमाउने हुनुहुन्थ्यो’, मृतक प्रदीपका भाइ सञ्जीवले भने, ‘अपराधीले सम्पत्ति लुटेर दाजुको हत्या गरेपछि उनका तीन छोराछोरी टुहुरो भएका छन्, उनीहरूको पालनलालन कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।’ त्यसैले सरकारको यसतर्फ ध्यान पुगोस् उनको दुखेसो थियो ।

सिरहाको लहान नगरपालिका–२२ गढियाचोकमा अमृता ज्वेलर्स सञ्चालन गर्दै आएका विश्वकर्माको घरको ढोका फुटाएर लुटेरा समूहले सुन चाँदीका गरगहना तथा नगदसहित करिब रु २५ लाख मूल्य बराबरको सम्पत्ति लुटपाट गरी गोली हानी हत्या गरेका थिए । लुटपाटका क्रममा लुटेरा समूहले व्यवसायी विश्वकर्माकी श्रीमती अमृतालाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

यसैबीच आजै कानूनमन्त्री यादवले गत सोमबार साँझ लुटपाट भएको लहान नगरपालिका–७ निवासी राजेश शारडाको घरमा पुगेर घटनाबारे जानकारी लिएको छ । लुटेरा समूहले शारडाको घरको सदस्यलाई बन्धक बनाएर कारसहित सुन चाँदीका गहना लुटेर लगेका थिए ।