२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ : राष्ट्रपति

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेकी छन् ।

गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऐतिहासिक धरहरालाई भत्काए तापनि राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न नसकेको जनाउँदै राष्ट्रपतिले नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने र प्रभावितको पुनःस्थापनालाई लगभग अन्तिम चरणमा पुर्याएको बताइन् ।

हालसम्म लाखौँ निजी आवास तथा हजारौँ विद्यालयको पुनर्निर्माण भइसकेको छ र केही निर्माणाधीन रहेको जनाउँदै राष्ट्रपतिले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी, दरबार हाइस्कूल, दशरथ रङ्गशाला, धरहरालगायत ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका संरचनाको पुनर्निर्माण सम्पन्न हुनु सुखद् विषय भएको र धेरै सरकारी भवन, मठमन्दिर, गुम्बा आदिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताएकी छन् ।

पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनाका साथै भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरिएको जनाउँदै राष्ट्रपति भण्डारीले अब बन्ने संरचनामा पनि हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्नेमा सचेष्ट रहन सम्बद्ध पक्षको विशेष ध्यानाकर्षणका साथ पुनर्निर्माणमा अहोरात्र खटिने राष्ट्रसेवक‚ कालिगढ‚ श्रमिक एवं दातृ निकायप्रति धन्यवाद व्यक्त गरेकी छन् ।
‘हाम्रो देशको भौगोलिक अवस्थिति र बनावटका कारण हामी भूकम्प, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छौंँ । यस संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार तथा संरचनाहरू निर्माण गर्नुपर्दछ । भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरूको अध्ययन गरी कमजोर संरचनालाई प्रबलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु ।’, सन्देशमा भनिएको छ ।

सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीका साथै सामुदायिक सचेतना अभिवृद्धि गर्दै चुस्त व्यवस्थापनसहित प्रभावकारी प्रतिकार्यका लागि सदा तयारी अवस्थामा रहन सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले २०७२ सालको भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका सिकाइले भविष्यमा विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न थप सहयोग पुर्याउने छ भन्ने विश्वासका साथ भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।