२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनस्वास्थ्य नियम पालना नगर्नेको समाचारलाई निरुत्साहित गर्न सञ्चारकर्मीलाई स्वास्थ्य मन्त्रालयको अनुरोध

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सार्वजनिक सूचना निकाल्दै सञ्चारकर्मीहरुलाई कोरोना भाइरसविरुद्ध जनस्वास्थ्य मापदण्ड नअपनाउने जो कोहीको समाचारलाई निरुत्साहित गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा प्रकाशित गरिएको सार्वजनिक सूचनामा कोभिड–१९ को महामारीसँग जुध्नको लागि सबै सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले देखाएको सक्रियता प्रति धन्यवाद पनि दिइएको छ । अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको छ । समग्र आमसञ्चारमा समाचार पढ्दा अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ, सार्वजनिक सूचनामा भनिएको छ ।

यस्तै नेपालका विभिन्न स्थानमा भारतमा जस्तै संक्रमितहरुको उपचार तथा हेरचाहमा समस्या आउन थालिसकेको बताइएको छ । यस अवस्थामा सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिका निर्वाह नगरे समस्या झन् भयाभह हुने स्थिति आउन सक्ने बताइएको छ । आज जुन दुःखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेका छन् त्यो कसैको पनि परिवार वा आफन्तमा नघटोस् भन्नका लागि हामी सबैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ । संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेको मापदण्डहरु निर्विकल्प उपाय हुन्, सार्वजनिक सूचनामा उल्लेख छ ।

साथै, मन्त्रालयले समाजका अगुवाहरुको क्रियाकलापहरुलाई सबैले अनुसरण गर्ने भएकाले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिन, सार्वजनिक समारोहहरु सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न÷नगराउन र सहभागी नभदिन अनुरोध गरेको छ ।