काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् ।
आज बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि भएको कताएका छन् । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो । सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो,’ ओलीले भने ।
जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको ओलीले बताए । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने उनको भनाइ रहेको छ ।







