१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।

सङ्घले आइतबार एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक सेवालाई सञ्चालन गर्न अग्रपङ्क्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीहरुले खोप नपाएको भन्दै उपलब्ध गराउन आग्रह गरेको हो ।

सङ्घका महासचिव विश्वप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा तीनपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा लिखित रुपमा माग गर्दा समेत सुनुवाइ नभएको जनाइएको छ । उनले भने, ‘अत्यावश्यक वस्तुभित्र समावेश गरिएको पेट्रोलियम पदार्थको ढुवानी गर्नेलाई तत्काल खोप उपलब्ध गराउन आवश्यक छ।’

एसोसिएशनका अनुसार संस्थामा आवद्ध कोभिड महामारीकै कारण हालसम्म देशभर ११ जनाले ज्यान गुमाइसकेका छन् भने एक हजार २०० जना सङ्क्रमित भइसकेका छन् ।

सङ्घले प्रदेश नम्बर १ मा रहेका २४१ पेट्रोल पम्पका सञ्चालक, कर्मचारी, ट्याकरका चालक÷सहचालक गरी एक हजार ७६३ जना, प्रदेश नम्बर २ का २७८ पम्पका एक हजार ९१३ जना, बाग्मती प्रदेशका ३८२ वटा पम्पका दुई हजार ९९८ जनालाई खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

यसैगरी, गण्डकी प्रदेशका ६८ पम्पका ४४०, लुम्बिनी प्रदेशका ४०२ पम्पका दुई हजार ६३४ जना र सुदूरपश्चिम प्रदेशका ८१ पम्पका ५९८ गरी १० हजार ३४३ जनालाई तत्काल कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन माग गरेको छ ।