२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हस्ताक्षर फिर्ता हुन सक्दैन, यो मेरो बटम लाइन हो : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अदालतलाई प्रभावित बनाउने गरी कुनै पनि सहमति नहुने बताएका छन् । नेकपाको आन्तरिक विवाद मिलाउन गठित कार्यदलका सदस्यहरूसँगको छलफलमा नेता नेपालले उक्त कुरा बताएका हुन् ।

नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा गरिएको हस्ताक्षर फिर्ता लिएर सहमति नहुने भन्दै अदालतलाई प्रभाव पर्ने गरी कुनै पनि सहमति नगर्ने र अन्य विषयमा सहमतिको लागि तयार रहेको बताए ।

उनले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटम लाइन भएको बताएका छन् । उनले भने,‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन, हस्ताक्षर फिर्ता हुन सक्दैन, यो मेरो बटम लाइन हो ।’

सिंहदरवारमा अहिले कार्यदलको बैठक जारी छ । आज सहमतिको दस्ताबेजमा हस्ताक्षर गरी स्थायी कमिटी बैठकबाट सहमति भएको सार्वजनिक गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा भोलि(२८ गते) फैसला हुने तयारी भइरहेको छ । उक्त फैसला अघि नेकपा एमालेको एकताको सन्देश दिने तयारीमा नेताहरू जुटिरहेका छन् ।