२५ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरी सक्रिय, ठूलो आवाज निकाल्ने ५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा

चाडपर्वमा सर्वसाधारणको आवागमन सहज बनाउन विशेष निगरानी, स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने सवारीसाधनमाथि कारबाही

अ अ+ अ-

काठमाडौँ । चाडपर्वका बेला ध्वनि प्रदूषण नियन्त्रण तथा सर्वसाधारणको आवागमन सुरक्षित र सहज बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएका टोलीले राजधानीका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिएका हुन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये ५२ वटा मोटरसाइकल र चारवटा स्कुटर रहेका छन्। ती सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने बनाइएको पाइएको प्रहरीले जनाएको छ।

चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले विशेष निगरानी र चेकजाँच गरिएको प्रहरीको भनाइ छ।

विशेष गरी सवारीसाधनको स्वरूप परिवर्तन गरेर अस्वाभाविक रूपमा ठूलो आवाज निकाल्दा सर्वसाधारणलाई असुविधा हुने र सार्वजनिक शान्तिमा असर पुग्न सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रणमा ध्यान दिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी प्रेस विज्ञप्तिमा स्वरूप परिवर्तन गरिएका सवारीसाधन नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको उल्लेख छ।

0 Comments