२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोक र मनाङलाई विपद् व्यवस्थापनको ‘नमूना क्षेत्र’ बनाउन संसदीय समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले यसपालीको विपद्बाट बढी प्रभावित सिन्धुपाल्चोक र मनाङलाई विपद् व्यवस्थापनको ‘नमूना क्षेत्र’ बनाउन सरकारलाई निर्देशन दिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण र सचिव महेश्वर न्यौपाने सहभागी समितिको आजको बैठकले सरकारले विपद्को सङ्कटग्रस्त जिल्ला घोषणा गरेको उक्त दुई जिल्लालाई विपद् व्यवस्थापनको कार्यमा उच्च प्राथमिकतामा राखी नमूना बनाउन निदर्शेन दिएको हो । समितिका सभापति शशि श्रेष्ठले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै सबै नागरिकलाई जुनसुकैबेला पनि विपद्को सूचना प्राप्त गर्नसक्ने गरी आवश्यक प्रबन्ध गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले विपद् व्यवस्थापन गर्न आपसी सहकार्य र समझदारी कायम गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्रोतसाधन जनशक्ति सम्पन्न बनाउन पनि भनेको छ ।

समितिले बढी क्षति भएका जिल्लामा अवरुद्ध स्थानीय पूर्वाधार शीघ्र मर्मत तथा सुधार गरी सम्बद्ध निकायबीचको समन्वयमा राहत, पुनःस्थापना, बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती निर्माण गरी जोखिमका बासिन्दालाई सुरक्षित राख्न पनि निर्देशन दिएको छ ।

बैठकले तदारुकताका साथ विपद् जोखिम न्यूनीकरणका काम अघि बढाउन, अभाव क्षेत्रमा आवश्यक खाद्यान्न पु¥याउन र विपद् व्यवस्थापन कार्यलाई उद्धार तथा राहतमा मात्रै सीमित नगरी पूर्वतयारी तथा आवश्यक अन्य व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन गरेको छ । समितिले यसअघि दिएको निर्देशन प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

बैठकमा गृहमन्त्री खाँडले सरकारले विपद् व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा दिएर काम अघि बढाएको बताएका थिए । उनले नागरिकको सुरक्षा नै पहिलो प्राथमिकतामा रहेको र मन्त्रालय क्षति न्यूनीकरणमा गम्भीर रहेको प्रतिक्रिया दिएिका थिए