२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भैंसीपालन व्यवसायमा भविष्य खोज्दै पाल्पाका युवा

अ+ अ-

रामपुर । ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीं, दुबई पनि यहीं, मलाई मलेसिया यहीं ।’

गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उहाँ चार वर्ष दुबईमा बिताए । वैदेशिक रोजगारी चित्तबुझ्दो नभएकाले घर फर्केपछि उनले अहिले भैंसीपालनलाई आफ्नो आम्दानीको मुख्य पेशा बनाएका छन् । उनले तराईबाट उन्नत जातका भैंसी ल्याएर पालेका छन् र सात वर्षदेखि यसैमा व्यस्त छन् ।

‘भैंसीपालनले हातमा दाम मात्र नभई समाजमा राम्रो पहिचान बनेको छ, चार वर्ष विदेशमा बगाएको पसिना अहिले सम्झँदा पश्चाताप लागिरहेछ, बिहान उठ्यो भैंसी दुहेर बजार लग्यो यसरी नै परिवारका साथ रमाइलो गरी जीवन बिताइरहेको छु,’ उनले भने ।

बजारमा भैंसीको दूधको माग बढ्दो र मूल्य राम्रै पाइने भएकाले यही व्यवसाय रोजेका उनको फार्ममा ६ वटा भैंसी र तीन गाई छन् । वार्षिक दूध बिक्रीबाट खर्च कटाएर दुई लाखभन्दा बढी आम्दानी हुने उनी बताउँछन् । भंैसीको दूध प्रतिलिटर ८७ र गाईको ६२ रुपैयाँमा बिक्री भइरहेको छ ।

एक दशकदेखि भैंसीपालन गर्दै आएका अर्का कृषक कृष्णकुमार अर्यालका हाल ११ वटा दुहुनासहित २२ भंैसी र पाँच गाई छन् । प्रत्येक दिन बिहान र साँझ गरी एक सय लिटर दूध बजारमा पुर्‍याउने अर्याल भन्छन्, ‘भैंसी पाल्न थालेको एक दशक भएछ, कसरी ती दिन बिते पत्तै भएन, घरमै बसेर रेखदेख र घाँसपात गर्दा र बजारमा दूध पुर्‍याउँदैमा आनन्द लाग्छ, कुनै दिन पनि हातमा दाम खाली भएन ।’

दूध बिक्रीबाट खर्च कटाएर वार्षिक कम्तीमा तीन लाख रुपैयाँ आम्दानी हुने उनी बताउँछन् । भैंसीपालन शुरु गरेदेखि उनलाई गाउँलेहरु भैंसी कृष्णका नामले चिन्छन् । उनी ‘दूध पिऔं र स्वस्थ बनौं।’ भन्ने अभियानमा छन् ।

नागिनी एग्रो एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले पाल्पा जिल्लामै सबैभन्दा ठूलो भैंसीपालन व्यवसाय चलाएका छन् । दुई वर्षदेखि भैंसीस्रोत केन्द्र नाम दिएर व्यवसाय शुरु गरेका अर्यालको फार्ममा हाल ६५ भैंसी छन्, जसमध्ये २२ दुईवटा दुहुना ।

अर्याल दैनिक २३५ लिटर दूध बजारमा खपत गर्छन् । भैंसी खरीद र गोठ निर्माणमा करीब दुई करोड ७० लाख बराबरको लगानी परेको छ । एक सय माउ भैंसी पाल्ने लक्ष्य लिएका उनले चार युवालाई रोजगार पनि दिएका छन् ।

भारतका विभिन्न स्थानमा पुगेर उन्नत जातका भैंसी खरीद गरी व्यवसाय चलाएका अर्यालले भैंसीका लागि एक लाख ३० हजारदेखि दुई लाख ५० हजारसम्म तिरेका छन् । ठूला भैंसी भएकाले यहाँ अवलोकन गर्नेहरुको पनि दैनिक चहलपहल देखिन्छ ।

जिल्लामा भैंसीपालनलाई प्रोत्साहन गर्न संघीय सरकारले एक वर्षअघि देखि नै रामपुर नगरपालिका–१० स्थित गेझामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय आधारशिला सामाजिक उद्यमी महिला सहकारीमार्फत ‘समुदायमा सञ्चालित समुदायको भैंसी स्रोत विकास केन्द्र’का नाममा संघीय सरकारको २५ लाख सहयोग र सहकारीको २५ लाख लागतमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

उक्त रकमबाट घाँसको बीउबिजन वितरण, औषधि उपचारमा खर्च, तालिम, स्वास्थ्य शिविर, भैंसी खरीदमा ढुवानी खर्च कृषकलाई उपलब्ध गराइएको छ । भैंसीफार्म स्थापना गरेका कृषकलाई ढुवानीमा एक भैंसी बराबर तीन हजार रुपैयाँ उपलब्ध गराइएको सहकारीका अध्यक्ष सीता देवकोटाले बताइन् ।

भैंसी स्रोत केन्द्र कार्यक्रममा समावेश भएका कृषकले कार्यक्रम शुरु भएको तीन वर्षमा २० वटासम्म भैंसी पाल्नुुपर्ने हुन्छ । यहाँ भैंसीफार्म नै सञ्चालन गर्ने चार कृषक छन् । २०६९ सालमा स्थापना भएको यस सहकारीमा हाल ५०० जना शेयर सदस्य छन् । सहकारीले व्यावसायिक पशुपालन गर्ने कृषकलाई ऋण उपलब्ध गराउनुका साथै गाउँमा उत्पादित दूध संकलन गरी बजार पठाउने कार्य गरिरहेको छ । स्थानीय स्तरमा र बेझाड बजारमा दैनिक १५० लिटर दूध बिक्री भइरहेको छ ।

पाल्पामा गत आर्थिक वर्षमा ५१ हजार ९०० मेट्रिक टन दूध उत्पादन भएकोमा भैंसीको ४५ हजार १४७ मेट्रिक टन र गाईको १६ हजार ७५३ मेट्रिक टन दूध बजारमा खपत भएको थियो ।

यहाँ उत्पादन भएको दूध पोखरा, स्याङ्जालगायतका स्थानमा बिक्री भइरहेको छ । यहाँ दैनिक उत्पादन हुने १४२ मेट्रिक टनमध्ये ९६ मेट्रिक टन भैंसीको दूध रहेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा। चन्द्रबहादुर रानाले बताए ।

‘गाईले आठ महिनासम्म दूध दिने, चाँडै थाक्ने र अर्को पटक ब्याउन समय धेरै पर्खनुपर्ने हुँदा भैंसी पाल्न नै किसान आकर्षित भए पनि बजारको मागअनुसार अझै दूध उत्पादन हुन सकेको छैन,’ डा। रानाले भने ।

उनका अनुसार बजारमा भैंसीको दूधको बढी माग आएकाले कृषकलाई भैंसी विस्तार गर्न अनुरोध गरिएको छ । दूधमा आत्मनिर्भर रहेको पाल्पामा बाहिरी जिल्लाबाट पनि भैंसीको दूधको माग बढी आउने गरेको व्यवसायीहरु बताउँछन् । जिल्लामा भैंसीपालनलाई महत्व दिँदै थोरैमा दुई÷तीनवटा भए पनि भैंसीपालनलाई कृषकले व्यावसायिक रुप दिन थालेका छन् । भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अनुसार ठूलो संख्यामा भैंसीपालन गर्ने एक दर्जन कृषक छन् ।

गाईको दूधबाट छुर्पी, पनिर, दही, घिउ लगायतका परिकार बनाएर बेच्ने गरिएको छ । हाल बजारमा भैंसीको दूधको मूल्य १०० रुपैयाँ रहेको छ । दुग्ध व्यवसायीले भने भैंसीको दूध कृषकबाट ८० देखिमाथि गुणस्तर जाँच गरेर मात्रै खरीद गरेका छन् ।