काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिइएको छ।
बुधबार बसेको काँग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम पूरा गर्न जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
समितिले भोलिसम्म अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेर अन्तिम रुप दिने उनले बताए।
बैठक भोलि बिहीबार दिउँसो २ बजे फेरि बस्नेछ।
काँग्रेसको १४औं महाधिवेशन आउन ३५ दिन बाँकी छ । ८ ओटा तहमध्ये ७ ओटा तहको निर्वाचन सक्नुपर्ने छ भने वडा तहको निर्वाचन स्थगित गरिएको छ।







