२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । उपाध्यक्ष सुमार अर्थमन्त्री शर्मालाई भेट्न शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेकी हुन् ।

बिहीबार काठमाडौँ आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलो भेट गरेकी थिइन् ।

तइसैगरी उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादव लगायतसँग भेट गरेकी थिइन् ।

शनिबारको भेटमा उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताएका छन् ।

एमसीसी परियोजना लागु गर्न नहुने भन्दै विभिन्न संघ, संगठन र बुद्धिजिविहरुको चर्को विरोधका बीच एमसीसी उपाध्यक्ष सुमारसहितको उच्चस्थरीय टोली चार दिने भ्रमणकालागि बिहीबार काठमाडौँ आएका हुन् ।