२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपतिनगर नाकाबाट ८० लाखको औषधि बरामद

अ+ अ-

मङ्गलबारे । इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो ।

नेपाल–भारत सीमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको औषधि सशस्त्र प्रहरी बल पशुपतिनगर (बिओपी)ले बरामद गरेको जनाइएको छ । अवैधरूपमा लाखौँ मूल्यको औषधि नेपाल आयात हुँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरीको गस्ती टोलीले सोमबार राति १० बजे औषधि बरामद गरेको सशस्त्र प्रहरी बल पशुपतिनगरका प्रमुख नवीन खतिवडाले जानकारी दिए ।

चालिस वटा कार्टुन बरामद भएको सो औषधिको मूल्य ५० लाख भारु (नेपाली रुपैयाँ ८० लाख) बराबरको रहेको बताइएको छ । बरामद गरिएको औषधि आजै भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको औषधि नपाली बजारमा चलेको औषधि रहेको छ । अधिकांश औषधि बाथरोग, युरिक एसिड, ग्यास्ट्रिक र महिलाका लागि प्रयोग हुने किसिमको रहेको बताइएको छ ।

बरामद भएको औषधिमा नेपालमा प्रतिबन्धित औषधि भने नभएको बताइएको छ । ठूलो परिमाणमा औषधि बरामद गरिए पनि त्यो औषधि कसले, कहाँ लान लागेको भन्ने बारेमा खुल्न सकेको छैन । खुल्ला सिमानाको फाइदा उठाएर तस्करहरुले विगतमा लत्ताकपडा, खाद्य सामाग्री, मेसिनरी पार्टपूर्जा, मदिराजन्य पदार्थको तस्करी हुँदै आएको छ तर औषधिको तस्करी भने हालसम्म नभएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

यो घटनाले पूर्वी पहाडी जिल्लाबाट समेत औषधिको तस्करी उच्चरूपमा भइरहेको पुष्टि गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।