२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली लोक सेवा आयोगको ४५ दरबन्दी स्वीकृत

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोक सेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश लोकसेवा आयोगको सङ्गठन संरचना हेरफेर गरी तीन महाशाखा र १० शाखासहित ४५ कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

उक्त बैठकले गएको कात्तिक २९ गते छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढी बजारमा भएको आगलागीका पीडितिलाई सङ्लग्न विवरणअनुसार रु ६१ लाख ८५ हजार राहत दिने निर्णय गरेको प्रवक्ता विष्टले बताए । ‘राहत रकम जिल्ला प्रशासन कार्यालय मुगुलाई निकासा दिन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ’, उनले भने, ‘राहत रकम जतिसक्दो छिट्टै जान्छ ।’

राहत रकम भने रु १० लाख बराबरको घर पूर्णक्षति भएमा रु एक लाख, रु ११ देखि ५० लाख क्षति भएकालाई रु।एक लाख ५० हजार, रु।५१ देखि एक करोड क्षति भएकालाई दुई लाख, एक करोड ५० लाख क्षति भएमा रु दुई लाख ५० हजार, रु तीन करोड क्षति भएकालाई रु तीन लाख ५० हजार र रु तीन करोडमाथि क्षति भएकोलाई रु चार लाख रकम दुई किस्तामा दिइने निर्णय भएको प्रवक्ता विष्टले बताए ।

प्रदेश सरकारले आंशिक क्षति भएका घर, व्यापारी र भाडामा बस्नेलाई पनि रु २० हजारदेखि रु एक लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । पत्रकार भेटघाटको अवसरमा मन्त्री विष्टले सत्ता गठबन्धन दलको पार्टीको अधिवेशन सकिने बित्तिकै सरकारले पूर्णता पाउने बताए ।