२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तेजनाको राजनीति घातक हुन्छ : महामन्त्री थापा

अ+ अ-

गण्डकी । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् ।
नेपाली काँग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले कम्युनिस्ट उत्तेजनाको राजनीति गरिरहेको बताए ।

एमसीसी सम्झौतामा कम्युनिस्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठुलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताए ।
महामन्त्री थापाले जनताबिच काँग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै काँग्रेसले सधैँ उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताए ।

आसन्न निर्वाचनका लागि पार्टी सङ्गठनलाई मजबुद बनाउँदै अघि बढ्न आग्रह गर्दै उनले भने, ‘काँग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन्, यसलाई बढाएर ४५ भन्दामाथि पुर्‍याउनु छ ।’
महामन्त्री थापाले उम्मेदवार टुङ्ग्याउने जिम्मा महानगरको हकमा नगर र जिल्लाको सिफारिसमा केन्द्रले टुङ्ग्याउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुङ्ग्याउने गरी कार्यविधि केन्द्रले ल्याउने जानकारी दिए । आगामी निर्वाचनमा ठुलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उनले बताए ।
नेपाली काँग्रेस मादी गाउँपालिका सभापति यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, काँग्रेस नेत्री कोपिला रानाभाट, कृष्णचन्द्र बराललगायतले आसन्न निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टीकारुपमा स्थापित गर्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।