काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई महत्त्वपूर्ण निकायमा कार्यालय प्रमुख फेरिएका छन् ।
मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयमा सहसचिव महेश बराललाई खटाएको छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लीला प्रसाद शर्मा खटाइएको छ । बराललाई रिक्त रजिस्ट्रारमा खटाउँदै गर्दा शर्मालाई भने महानिर्देशक प्रेमकुमार श्रेष्ठलाई मन्त्रालय तानेर उनको ठाउँमा पठाइएको हो । श्रेष्ठ ६ महिनामै मन्त्रालय तानिएका हुन् ।
८ महिनादेखि नेतृत्वविहीन बनेको मन्त्रालयले नेतृत्व पाउनु अघिल्लै दिन अर्थात् गत बुधवार मात्रै दुवै विभागमा सरुवा तथा नयाँ प्रमुख पठाइएको थियो ।
सेवा प्रवाह र जिम्मेवारीका हिसाबले निधै धेरै चाप र भूमिका रहने यी दुई विभागलाई आकर्षक अड्डाका रुपमासमेत लिइन्छ ।







