२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि नेतृत्व परिवर्तन

अ+ अ-

तनहुँ । तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन् । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाएका थिए । अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो ।

२५औँ वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गर्दै आएको उक्त संस्थामा आजदेखि नयाँ नेतृत्वले नेतृत्व सम्हालेका हुन् ।

अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक यज्ञबहादुर रानाले बताए ।

समितिको उपाध्यक्षमा हरि तिमिल्सिना, दिनेश केसी र भिजन श्रेष्ठ तथा महिला सदस्यमा सविता भट्टराई निर्विरोध निर्वाचित बनेका छन् ।

समितिका सदस्यमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्त, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ, कुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिका सदस्य चन्द्रकान्त वाग्लेले बताए ।

नवनिर्वाचित अध्यक्ष पालिखेलाई निवर्तमान अध्यक्ष रत्नकुमार श्रेष्ठले माइन्युट हस्तान्तरण गरेका थिए । नवनिर्वाचित समितिका पदाधिकारीलाई खादा र माला लगाई सफल कार्यकालको शुभकामना दिइएको थियो ।

निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल २५औँ वर्षसम्म रहेको भन्दै केक काटेर एन्फाका पदाधिकारीलाई आगामी कार्यकालका लागि अगाडि बढ्न शुभकामना दिएका हुन्।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँको अधिवेशन नेपाली काँग्रेसका महासमिति सदस्य एवं नेविसङ्घका पूर्व महामन्त्री आनन्दराज त्रिपाठीले उद्घाटन गरेका थिए ।

उनले नेपालका कुना कन्दरामा पनि फुटबलका राम्रा खेलाडी रहे पनि राज्यले पहिचान गर्न नसकेको बताए ।