बागलुङ । नेपाली काँग्रेसले बागलुङको स्थानीय तहमा उम्मेदवार टुंग्याएको छ ।
सत्तारुढ गठबन्धनबिचको उम्मेदवार भागवण्डामा १० स्थानीय तहमध्ये ६ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख पाएको काँग्रेसले सोमबार दिउँसो उम्मेदवार टुङ्ग्याएको हो ।
बागलुङ नगरपालिकामा वसन्तकुमार श्रेष्ठ काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्ने भएका छन् । गलकोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरे, काठे खोला गाउँपालिका अध्यक्षमा राजु थापा, बडिगाड गाउँपालिका अध्यक्षमा गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिका अध्यक्षमा जोकलाल बुढा र निसिखोला गाउँपालिका अध्यक्षमा सूर्यबहादुर घर्तीलाई उम्मेदवार चयन गरिएको काँग्रेसका एक जिल्ला नेताले बताए ।
काँग्रेसले उपप्रमुखको रूपमा जैमिनी नगरपालिकामा हरिहर शर्मा, ढोरपाटन नगरपालिकामा धनबहादुर कायत कल्याण, तारा खोला गाउँपालिकामा भीमबहादुर रोका र बरेङ गाउँपालिकामा दिलीप पुनलाई उम्मेदवार बनाएको हो ।
जिल्लाका १० वटै पालिकामा ४ बजे भित्र एकसाथ मनोनयन दर्ता गर्ने तयारी रहेको नेपाली काँग्रेसका जिल्ला सभापति जित शेरचनले बताए ।







