२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालसँगको साझेदारीमा अमेरिकी तत्परता

अ+ अ-

काठमाडौँ । नेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताएको छ । नेपालको विकासको दोस्रो पुरानो बाह्य साझेदार अमेरिकाले विद्यमान द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि जनाउँदै सहयोगको तत्परता देखाएको हो ।

नेपाल र अमेरिकाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएका सन्दर्भमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनले सामाजिक सञ्जालमा आज लेखेका छन्, ‘नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको छ । नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन भोगेको छ । हामी साझेदारका रूपमा हाम्रा उपलब्धिमा गर्व गर्छौँ र मित्रताको धेरै दशकका लागि तत्पर छौँ ।’

परराष्ट्र मन्त्रालयले विदेश मन्त्री ब्लिङकेनको अभिव्यक्तिको प्रत्युत्तर दिँदै सामाजिक सञ्जालमा लेखेको छ, ‘नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव मनाउने क्रममा, नेपाल हाम्रा दुई देशबिचको लामो समयदेखिको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछ ।’

नेपालका लागि अमेरिकी राजदूत र्याण्डीबेरीले सामाजिक सञ्जालमा आजै ‘नेपाली र अमेरिकीहरूलाई बधाई छ । सन् १९४७ मा अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध यही हप्ता सुरु भएको थियो । हाम्रो मित्रता आपसी सम्मान, लोकतान्त्रिक मूल्य र सार्वभौमसत्तामा आधारित छ’, लेखेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र अमेरिकाबिच २५ अप्रिल १७४७ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । यसैबिच परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुवै पक्षले नेपालमा एमसिसी परियोजना कार्यान्वयन, आर्थिक लाभलगायत विषयमा छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।