काठमाडौँ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीन वटा विधामा सम्मानित भएको छ।
सन् २०२२ अप्रिल ३० तारिखमा आयोजित कार्यक्रममा सूर्या लाइफ ‘वेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘वेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ अवार्डबाट सम्मानित भएको हो।
विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स लगायत थुप्रै प्रतिष्ठित संस्थाहरूबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी विभिन्न वित्तीय सुचांकहरूमा उत्कृष्ट कार्य सम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो।
बिमस्टेक मुलुकहरूबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्डहरू लिएका हुन्।
नोभोटेल होटेल, कलकत्ता, भारतमा एक भव्य समारोहका बिच आयोजना गरिएको उक्त कार्यक्रममा सिइओ पवन कुमार खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्त्वका साथै बिमा क्षेत्रकै नियमनकारी निकाय बिमा समितिद्वारा निभाइएका भूमिका र कदमहरूका बारे विस्तृत रूपमा बताए।
नेपालमा डिजिटल प्रविधि र आर्टिफिसिल इन्टेलिजेन्स(एआई) को बिमा क्षेत्रमा रहेको आवश्यकता र अवस्था बारेमा समेत उनले बताए।
साथै, बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दुरदराजसम्म पुर्याउन र जनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले ठुलो भूमिका खेल्ने बताए।







