२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुद्धोधन र कञ्चनको प्रमुखमा काँग्रेसका उम्मेदवार विजयी

अ+ अ-

रुपन्देही । स्थानीय तह निर्वाचनअन्तर्गत यहाँका दुई पालिकाको नतिजा आएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिकामा नेपाली काँग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल सात हजार ९८३ मत ल्याइ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का किशुनचन्द्र चौधरीले छ हजार २७० मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा एमालेका शान्तादेवी ज्ञवाली छ हजार ६८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षका गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र)का शारदा भुसालले तीन हजार २५५ मत प्राप्त गरेकी छन् ।

शुद्धोधनको वडा नं १ मा जसपाका उदयराज गडेरिया, वडा नं २ मा काँग्रेसका कमल खड्का क्षेत्री विजयी भएका छन् भने वडा नं ३ मा एमालेका हेमबहादुर खड्काले जित हासिल गरेका छन् ।

वडा नं ४ मा काँग्रेसका केशवप्रसाद अधिकारी, वडा नं ५ मा काँग्रेसका चन्द्रमान चौधरी, वडा नं ६ मा काँग्रेसकै उपेन्द्र सहानी, ७ मा पनि काँग्रेसकै भीमबहादुर यादव विजयी भएका छन् ।

यसै गरी जिल्लाको रुपन्देहीको कन्चन गाउँपालिकामा काँग्रेसका नवराज ढकाल निर्वाचित भएका छन्। उनले दिनानाथ आचार्यलाई पराजित गरे। ढकालले नौ हजार ८५ मत र आचार्यले सात हजार ८४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपाध्यक्षमा काँग्रेसकै मौसमी थापा मगर नौ हजार १९४ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ओमकली रहाडीले सात हजार ६९९ मत प्राप्त गरिन् ।