२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा पाँच पालिका प्रमुख र उपप्रमुखमा काँग्रेस

अ+ अ-

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली काँग्रेसले २५० सिटमा विजयी भएको छ । उक्त सङ्ख्यामा विजयी हासिल गरेसँगै काँग्रेस पहिलो ठुलो पार्टी बनेको छ ।

जिल्लाको १० पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुखसहित काँग्रेस उक्त सङ्ख्यामा विजयी भएको हो । दश पालिकामा प्रमुख र उपप्रमुख गरी जिल्लाभरी बीस जना उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन कार्यालयकी कम्प्युटर अप्रेटर दुर्गामाया आलेले जानकारी दिइन् ।

वडाध्यक्ष ८५, महिला सदस्य ८५, दलित महिला सदस्य ८५ र वडा सदस्य १७० गरी कूल ४४५ जना उम्मेदवार विजयी भएको उनले बताइन् । काँग्रेस वडाध्यक्ष ४६, महिला सदस्य ४७, दलित महिला सदस्य ४७ र वडा सदस्य १०० मा विजयी भएको छ ।

त्यसै गरी नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेबाट चार प्रमुख र दुई उपप्रमुखसहित १५५ सिटमा विजयी भएको छ । वडाध्यक्ष २८ महिला र दलित महिला ३२/३२ र वडा सदस्य ५७ सिटमा विजयी गरेको छ ।

त्यसै गरी नेकपा माओवादी केन्द्रले एक प्रमुख र तीन उपप्रमुखसहित ३४ सिटमा विजयी भएर तेस्रो स्थानमा रहेको छ । वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ र वडा सदस्य १२ वटामा विजयी भएको हो ।

त्यसै गरी, स्वतन्त्रबाट चार वडाध्यक्ष, एक महिला सदस्यमा विजयी भएको छ भने राप्रपाले एक वडा सदस्यमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।