२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम मंगलबार

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम भोलि (मंगलबार) प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ ।

सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

यस पटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताए । प्रदेश सरकारले विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको छ ।

‘यसअघिका थुप्रै आयोजनाहरू अधुरा छन् । ती आयोजनालाई मुर्तरुप दिनका लागि नयाँ योजना थप्नेभन्दा पुरानै योजनामा बजेट थप्ने र कार्यान्वयन गर्ने सरकारको तयारी छ,’ उनले भने ।

मन्त्री विष्टका अनुसार आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट विगतभन्दा केही घटेर आउने छ ।

मन्त्री विष्टका अनुसार आयोजना बैङ्क स्थापना गरी सोही बैङ्कमा रहेका आयोजनाहरू मध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिनेछ ।

प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्त्वका आयोजना प्रस्ताव गर्दा सोको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा वहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति पनि लिएको छ ।