१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणघाट पुलमा पानीको सतह अहिलेसम्मकै बढी, उच्च सावधानी अपनाउन आग्रह

अ+ अ-

काठमाडौँ । नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ। बिहान घट्दो अवस्थामा रहेको नारायणीले बिहान ११ः५५ बजे फेरि खतराको तह पार गरेको हो।

देवघाट मापन केन्द्रमा नारायणीका तह ९.०८ मिटर पुगेको छ। यो क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ।

त्यस्तै नारायणी नदी पुल क्षेत्रमा पानीको सतह अहिलेसम्मकै धेरै १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।

भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गरे।

भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरू बाढीको जोखिममा छन्। राप्ती र नारायणी दुवै नदीको तटीय क्षेत्र भरतपुर २७ र २८ नम्बर वडामा बढी जोखिम छ।

वडा नम्बर १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने बस्तीहरूमा जोखिम छ। यस्तै वडा नम्बर २२, २३, २४, २५ र २८ का राप्ती नदीको तटीय क्षेत्रका बस्ती पनि जोखिममा छन्।

प्रतिक्रिया दिनुहोस