काठमाडौँ । बैतडीको सुर्नया नदीमा नुहाउने क्रममा बगेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका-१ जरौलीका ५३ वर्षीय नरबहादुर भट्टराई रहेका छन्।
शुक्रबार बिहान साढे ११ बजे पाटनस्थित त्रिपुरेश्वर धाम नजिक नदीमा नुहाउने क्रममा भट्टराईको बगेर मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
भट्टराई नेपाल विद्युत् प्राधिकरण युनिट कार्यालय पाटन बैतडीमा कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए ।







