२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘माओवादी र काँग्रेसको गठबन्धन प्राकृतिक गठबन्धन’ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र काँग्रेसको गठबन्धन प्राकृतिक गठबन्धन भएको बताएका छन् ।

गोरखा सदरमुकामस्थित काँग्रेस पार्टी कार्यालयमा शनिबार आयोजित परिचयात्मक तथा अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले वाम गठबन्धनबाट सिकेर काँग्रेससँग गठबन्धन गरेको बताए ।

‘हामीले राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरियो । विकास र समृद्धि गर्ने भनेर पार्टी एकता गरियो, तर तीन वर्ष नपुग्दै भताभुङ्ग भयो,’ उनले भने, ‘उल्टै पार्टीभित्रैबाट निरङ्कुशता, छलकपट, बेइमानी देखियो । त्यसैले काँग्रेस, माओवादी र अन्य लोकतन्त्रवादी पार्टी र वामपन्थी पार्टीको गठबन्धन नै प्राकृतिक गठबन्धन हो ।’

एमालेसँगको गठबन्धनबाट आफूले ज्ञान प्राप्त गरेको उनले बताए । ‘यसअघिको गठबन्धनबाट मैले ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान अब यो गठबन्धनलाई काम लाग्छ, अहिले काम लागिरहेको छ,’ उनले भने । देशको संविधान, लोकतन्त्र रक्षा र राजनीतिक स्थायित्व र समृद्धिका निम्ति सत्तारूढ गठबन्धन निर्माण भएको उनले बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भइसकेपछि हामीले निकै ठुलो उपलब्धिका रूपमा आत्मसात् पनि गर्‍यौँ । तर, त्यो संविधान घोषणा भएको केही वर्ष नबित्दै त्यही संविधानमाथि प्रहार भयो,’ उनले भने । प्रचण्डले अझै पनि हँसिया–हथौडा र रूखमा भोट हाल्न हात काम्ने कार्यकर्ताले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको महत्त्व नबुझेको बताए ।