२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याङ्कक घोषणापत्र जारी गर्दै एपेक शिखर सम्मेलन सम्पन्न

अ+ अ-

काठमाडौँ । सुदृढ, सन्तुलित, सुरक्षित, समावेशी विकास प्रवर्द्धनको प्रतिबद्धताका साथ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको दुई दिने शिखर सम्मेलन ब्याङ्कक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सन् २०४० सम्ममा एसिया-प्रशान्त क्षेत्रलाई खुला, गतिशील, लचिलो र शान्तिपूर्ण भूभागका रूपमा विकास गर्ने तथा एसिया-प्रशान्त समुदायलाई उन्नत बनाउने लक्ष्य निर्धारण गर्दै पारित घोषणापत्रमा विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ तुल्याउनेमा जोड दिइएको छ । नेतृत्व पङ्क्तिले यो वर्ष एसिया-प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार क्षेत्रलाई अगाडि बढाउन भएको प्रगतिको स्वागत गरेको छ भने त्यसको गतिलाई गुणस्तरीय ढङ्गले निरन्तरता दिन सहमति जनाएको छ । 

घोषणापत्रमा भौतिक, संस्थागत र जनता बीचको सम्पर्कलाई सुदृढ गर्ने, ‘डिजिटल कनेक्टिभिटी’बाट अधिकतम लाभ लिने, गुणस्तरीय पूर्वाधार विकास र लगानीका माध्यमबाट क्षेत्रीय, उप-क्षेत्रीय र दुर्गम क्षेत्र जोड्न आवश्यक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । 

एसिया-प्रशान्त क्षेत्रको प्रमुख आर्थिक मञ्च एपेकलाई आधुनिक, कुशल र प्रभावकारी संयन्त्रका रूपमा विकास गर्दै सदस्य राष्ट्रबीच सहयोग बढाउने,  हरित अर्थतन्त्रको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिने। नेतृत्वलाई सुदृढ पार्ने प्रयासमा जोड दिने, साझा चुनौतीको व्यावहारिक समाधानमा योगदान पुर्‍याउने, दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घले सन् २०३० भित्र हासिल गर्ने लक्ष्य निर्धारण गरेका विश्वव्यापी प्रयासमा हातेमालो गर्दै अघि बढ्ने दृढता घोषणापत्रमा व्यक्त गरिएको छ ।