२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता होइन, व्यवस्थाको चिन्ता छ : रामचन्द्र पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। प्रदेश सभाको आगामी कार्यभार र स्पिकर फोरम नेपालको दायित्व विषयक अन्तर्क्रियामा बोल्दै पूर्वसभामुख पौडेलले स्थायित्व र विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए।

उनले पछिल्लो घटनालाई काँग्रेसको हातबाट सत्ता गएको रूपमा मात्रै नलिएको बताए। ‘व्यवस्थाको चिन्ता छ, स्थिरताको चिन्ता छ। अब सत्ता होइन, व्यवस्थाको चिन्ता गरौँ,’ उनले भने ।

महाभारतको कृष्ण र दुर्योधनको युद्ध रोक्ने अन्तिम संवाद स्मरण गर्दै पौडेलले दुर्योधनले भनेजस्तै अब ‘जे-जे हुन्छ, हुन्छ’ भन्ने हो वा स्थिति सुधार्ने प्रयत्न गर्ने भन्ने प्रश्न रहेको बताए। अझै पनि स्थायित्व र विकासका लागि प्रयत्न गर्नुपर्ने आफ्नो जोड रहेको उनको भनाइ थियो।

‘अहिले खतरनाक आर्थिक सङ्कट, मन्दीहरू मडारिरहेको छ। चीनबाट उत्पत्ति भएको कोरोना नयाँ स्वरूपमा भारत हुँदै नेपाल आउँदै छ। विभिन्न समस्याले घेरिएका छौँ। यसको समाधान राष्ट्रिय सहमति हो। नेपाल र नेपालीको ७० वर्षको सङ्घर्षबाट ल्याएको परिवर्तन जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक छ,’ उनले भने।

यो व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति गरेर जानुपर्छ भन्ने आफूलाई लागेको पौडेलको भनाइ थियो।