काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई विश्वासको मत दिन अरू दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि आज बसेको संसदीय दलको बैठकले सबै दललाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको सांसद राजन दाहालले जानकारी दिए ।
सत्य निरूपणलगायत विषय टुङ्ग्याउनुपर्ने भएकाले यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि नेपाली काँग्रेससहितका दललाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै माओवादीले विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय पनि गरेको छ । माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।







