१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘५० प्रतिशत प्रतिबद्धता मात्रै कार्यान्वयन भयो भने स्वर्ण काल हुन्छ’

अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌मा व्यक्त गरेका प्रतिबद्धताको ५० प्रतिशत काम मात्रै भए पनि आधुनिक इतिहासको स्वर्ण काल हुने बताएका छन् ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने विषयको छलफलमा भाग लिँदै सांसद सिंहले सरकारको कार्यक्रम प्राथमिकता राम्रो भए पनि कार्यान्वयन कठिन रहेको बताए ।

उनले भने, ‘उहाँले विश्वासको मत माग्ने क्रममा आफ्नो सरकारको प्राथमिकता प्रस्तुत गर्नुभयो, यो यो कुरा गर्छु भन्नु भएको छ । उहाँको कुरा सुन्दा ठिक र कर्णप्रिय थिए । तर उहाँले व्यक्त गर्नुभएको ५० प्रतिशत मात्रै कार्यक्रम लागू भयो भने आधुनिक इतिहासको सबैभन्दा गोल्डेन पिरियड हुन्छ ।’

उनले सुशासन चाहने हो भने प्रधानमन्त्री, राष्ट्रपति निवास र प्रधानन्यायाधीश निवासमा सीसीटीभी राख्नु पर्ने पनि सुझाव दिएका थिए ।

‘प्रधानमन्त्रीले साँच्चै सुशासन चाहनु भएको हो भने बालुवाटार, राष्ट्रपति भवन र प्रधानन्यायाधीश निवासमा सीसीटीभी क्यामेरा राखौँ, जुन दिनदेखि बिचौलिया भेट्न शीर्ष स्थानबाट सुरु हुन्छ त्यही दिनबाट सुशासन सुरुवात हुन्छ । त्यसका लागि प्रधानमन्त्री तयार हुनुहुन्छ ?,’ उनले भने । यस्तै उनले संविधानमाथि प्रहार हुँदैन भन्ने प्रधानमन्त्रीबाट प्रतिबद्धता आउनुपर्ने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस