२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारबाही गर्ने चेतावनीसहित दूरसञ्चार र विद्युत् प्राधिकरणबीच आरोप-प्रत्यारोप

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गरेको आरोप लगाउँदै कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । यससँगै फरक लक्ष्य र उद्देश्यसहित सञ्चालनमा आएका दुई सरकारी निकाय आपसी भिडन्तमा उत्रिन पुगेका छन् ।

खास गरी, नेपाल विद्युत् प्राधिकरणले पोल भाडाको विवादलाई लिएर इन्टरनेट सेवा अवरुद्ध गर्दै आइरहेको छ । यही विषयलाई लिएर दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाहीको चेतावनी दिएको हो ।

उक्त ऐनको दफा ४७ बमोजिम दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्तिमा हानी/नोक्सानी पुर्‍याउनु कानुन विपरीत हुन्छ । यही कानुनी आधारमा टेकेर दूरसञ्चार विद्युत् प्राधिकरणमाथि खनिएको हो । प्राधिकरणले भने आफ्नो पोल प्रयोग गरेबापतको भाडा वृद्धि गरेको छ । तर, इन्टरनेट सेवा प्रदायकले भाडा तिर्न आनाकानी गरेपछि प्राधिकरणले पनि तार काटेर सेवा अवरुद्ध गर्दै आएको छ ।

हाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिका लागि गाडेका पोल नै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले प्रयोग गर्दै आएका छन् । सोही कारण, विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेबापतको भाडा असुल गर्ने नीति लिएको छ । तर, इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गरेर सेवा दिएबापत तिर्नुपर्ने भाडा नतिरेपछि विद्युत् प्राधिकरणले सेवा नै अवरुद्ध गर्दै आइरहेको हो । यही विषयलाई लिएर दुई सरकारी निकायविच आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

दूरसञ्चार प्राधिकरणले नेपालको संविधानको अनुसूची ५ मा दूरसञ्चार सेवा सङ्घको अधिकार क्षेत्रमा पर्ने स्मरण समेत गराएको छ । यस्तै, इन्टरनेट सेवा अत्यावश्यक सेवामा सूचीकृत भएको समेत दूरसञ्चार प्राधिकरणले जनाएको छ । आगामी दिनमा प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्ने/गराउने गरेमा प्रहरी चौकीमा उजुरी गर्न वा आफूलाई जानकारी गराउन समेत दूरसञ्चारले भनेको छ ।