७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिडियालाई सहुलियत कर्जा उपलब्ध गराउन माग गर्दै सञ्चार मन्त्रीलाई ज्ञापनपत्र

अ+ अ-

काठमाडौँ । मिडिया अलाइन्स नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार मन्त्रालयमा पुगेर अलाइन्सले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाली मिडिया उद्योगलाई पुनर्जीवित गर्न प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझेपछि सञ्चार मन्त्री शर्माले आम सञ्चार मिडियालाई व्यवस्थित गर्न सरकारको तर्फबाट आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाइन् । उनले पुरानो ऐनबाट मिडियाहरू सञ्चालन भइरहेकाले नयाँ ऐनहरूको निर्माण गरेर अघि बढ्न जरुरी रहेको बताइन् । 

उनले कतिपय मिडियासम्बन्धी ऐनहरू प्रतिनिधि सभाबाट फिर्ता भएको र कतिपय ऐनहरू राष्ट्रिय सभामा रहेकाले चाँडै नै ऐन परिमार्जन गरेर अघि बढ् प्रतिबद्धता व्यक्त गरिन् । उनले सबैखाले सञ्चारमाध्यमलाई सरकारले नियमन गर्न सक्ने कानून निर्माण गरी अघि बढ्न आवश्यक भएको बताइन् । 

त्यस्तै, मिडिया अलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली मिडिया उद्योग कोरोना महामारीपछि रुग्ण रहेकाले पुनर्जीवन दिनका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नु अनिवार्य भएको बताए । उनले मिडियालाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन आवश्यक भएको बताए। उनले सफ्ट लोनका विधि, प्रक्रिया र सर्तहरू आपसी समझदारीमा निर्धारण गर्न मिडिया अलाइन्स तयार रहेको बताएका छन् । 

उनले रेडियो, टेलिभिजन, छापा जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै आर्थिकोपार्जनका लागि विज्ञापन नै एउटा मात्रै श्रोत भएपनि अहिले मूलधारका सञ्चारमाध्यममा विज्ञापनहरू ५० प्रतिशत भन्दा बढी घटेको उल्लेख गरे ।

त्यस्तै, टेलिभिजन प्रसारण गृहले वार्षिक कारोबारको १ प्रतिशत रोयल्टी बुझाउँदै आएपनि पछिल्लो अवस्थामा यसको भुक्तानीमा चुनौती थपिएको भन्दै रोयल्टी मिनाहा गरिदिन आग्रह गरेको छ । उनले सरकारले नियमन र अनुगमन नै गर्न नसक्ने रूपमा युट्युब र सोसल मिडियाले समाचार सम्प्रेषणको बाढी ल्याएको र त्यसले सामाजिक सहिष्णुता र संवेदनशील सन्तुलन खलल गरी अस्थिरता सिर्जना गर्ने काम भइरहेको बताए।

उनले सोसल मिडिया प्रविधिको रूपमा एउटा माध्यम रहेको तर त्यसलाई आम सञ्चारको माध्यमको रूपमा व्याख्या भइरहेको भन्दै यसले समाजलाई प्रष्टीकरणतर्फ उन्मुख गराएको बताए । उजले युट्युब र सामाजिक सञ्जाललाई निर्बाध प्रेस स्वतन्त्रताको रूपमा छोडिँदा समाजलाई गलत दिशातिर उन्मुख गराइरहेको बताए ।

अध्यक्ष राजकर्णिकारले सरकारी विज्ञापनको प्रवाहमा एकद्वार प्रणाली कायम गरी विज्ञापन बोर्डमार्फत मिडियाहरूलाई विज्ञापन दिने व्यवस्था मिलाउन मन्त्री शर्मासँग आग्रह गरेका छन् । उनले सरकारी विज्ञापनको प्रवाह विज्ञापन बोर्डबाट हुनुपर्ने भएपनि व्यवहारमा हुन नसकेको बताए ।

उनले नेपाली मिडियाले सरकारलाई नियमपूर्वक मूल्य अभिवृद्धि कर बुझाउँदै आएको तर कोरोना महामारी र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका कारण बजारबाट समयमा नै पैसा उठ्न नसकेकाले त्यसमा लाग्ने जरिबाना हालका लागि मिनाहा गर्न आग्रह गरे ।

अलाइन्सले पछिल्लो प्रतिकुल अवस्थालाई मध्यनजर गरी पत्रपत्रिकाको न्युज प्रिन्ट खरिदमा सरकारले लिने १ प्रतिशत भन्सार मिनाहा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस