२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्य विनायक-धुलिखेल सडक चार लेनको बनाउने तयारी 

अ+ अ-

काठमाडौँ । सूर्य विनायक-धुलिखेल सडक चार लेनमा विस्तार गरिने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तार कार्य तीन वर्षमा सकाउने गरी ठेक्का सम्झौता गरिएको हो ।

सडक निर्माण भएको २५ वर्षपछि काभ्रेको साँगादेखि धुलिखेलसम्म पहिलो चरण र भक्तपुरको सूर्य विनायकदेखि काभ्रेको साँगासम्मको सडक खण्ड दोस्रो चरणमा सकाउने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ ।

कुल १५.५ किलोमिटरमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडक खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा सकाउने गरी पाएको छ ।

दोस्रो चरणमा निर्माण गरिने सूर्य विनायक-साँगा सडक खण्ड ७.५ किलोमिटरको छ । उक्त खण्डको ठेक्का आशिष कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भइसकेको जनाइएको छ ।

सूर्य विनायक/धुलिखेल, धुलिखेल/सिन्धुली/बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५/२५ मिटरको मापदण्डअनुसार राजमार्गअन्तर्गत पर्ने चार पालिकालाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिल समेत गरेको छ । सूर्य विनायक-धुलिखेल सडक खण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरूप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन कार्य थालिएको छ ।

वि.सं. २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५र२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो । सरकारले ०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्र अधिग्रहण गर्ने निर्णय गरेको थियो । अब उक्त सडक खण्डमध्ये काभ्रेको बनेपा नगरपालिकाको साँगादेखि बनेपा बजारनजिकको चण्डेश्वरी खोलासम्म ४।६ किलोमिटर सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२।८६ मिटर कायम हुने भएको छ ।

पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर०मा केही परिवर्तन गरिँदा पुलहरू थप निर्माण गर्नुपर्ने भएकाले एक अर्ब रुपैयाँ लागत लाग्ने आयोजनाको अनुमान छ ।