२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिबारे माओवादीको निर्णय कुर्दै एमाले, माओवादी छलफलमा 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले राष्ट्रपतिबारे माओवादी केन्द्रको निर्णय कुर्ने भएको छ । पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति लिने र माओवादीलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई साथ दिन सक्ने समाचारहरू आइरहेका र नेताहरूको दौडधुप चलिरहेका बेला एमालेले माओवादी केन्द्रको औपचारिक निर्णय आएपछि मात्रै ‘मुख खोल्ने’ नीति लिएको हो ।

माओवादी केन्द्रले सोमबार अपराह्न राष्ट्रपतिबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले एमाले तत्कालै कुनै निर्णय फेरबदलको नीतिमा नरहेको बताए । 

यसैबीच सोमबार बिहान एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका एमालेका केही नेताहरूसँग अध्यक्ष ओलीले नेपालको राजनीतिक अवस्था अत्यन्त जटिल बनेको भन्दै विदेशी शक्ति केन्द्रहरूले चलखेल बढाएकाले आगामी राजनीति यसै गरी अघि बढ्छ भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।

त्यस क्रममा अध्यक्ष ओलीले पूर्व सहमतिबाट प्रधानमन्त्री प्रचण्ड पछि हटेर राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेमा आश्चर्य मान्नुपर्ने अवस्था नरहेको बताएका थिए । ‘उहाँहरूको दौडधुप बढेको छ । त्यो राम्रो सङ्केत होइन, आज माओवादीले निर्णय पनि गर्ने भनेको छ रे ! उसले कस्तो निर्णय गर्छ त्यो कुर्नुबाहेक अरू केही गर्ने अवस्था छैन’, राष्ट्रपतिबारे नेताहरूले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले भने, ‘हेर्दै जाऔँ न !’

सोमबार विराटनगर पुगेका अध्यक्ष ओलीले हालको सत्ता समीकरण जन्मँदै एमालेको राष्ट्रपति हुने जन्मकुण्डली बनेको प्रतिक्रिया दिएका थिए । तर माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड र पार्टीका नेताहरूलाई समेत एमालेले कसलाई राष्ट्रपतिका रूपमा अघि सार्ने भन्ने कुरा ओलीले अहिलेसम्म कसैलाई बताएका छैनन् । ओलीले राष्ट्रपतिका रूपमा अघि सार्ने उम्मेदवारबारे मुख नखोलेका कारण पनि प्रधानमन्त्री प्रचण्ड बढी नै सशङ्कित भएका छन् । एमालेबाट नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल र डोरमणि पौडेल लगायतका नाम राष्ट्रपतिका लागि चर्चामा आएका छन् । यी नामहरूमध्ये सुवास नेम्वाङ र शाक्यका हकमा प्रचण्ड केही लचक भए पनि पोखरेल, रिमाल र पौडेलका हकमा प्रचण्ड सकारात्मक छैनन् । 

ओली र प्रचण्ड दुवै जना आफू अनुकूल पात्रलाई राष्ट्रपति बनाउन चाहन्छन् । प्रधानमन्त्री प्रचण्ड सकभर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले काँग्रेससँग समेत समानान्तर रूपमा छलफल गर्दै आएका छन् । सोही क्रममा आइतबार बेलुका काँग्रेस शीर्ष नेताहरू बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । छलफलमा काँग्रेस नेताहरूले राष्ट्रपतिमा आफूले उठाउने उम्मेदवारलाई सहयोग मागेका छन् । सोमबारै प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले बालुवाटारमा छलफल गरेका छन् । उक्त छलफलमा नेपाल र यादवले सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय गर्नुपर्ने सुझाव प्रचण्डलाई दिएका छन् ।