२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा २३ अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २३.६० अङ्कले घटेको छ। यस दिन नेप्से १.१४ प्रतिशतले घटेर २०४६.८१ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ पुगेको छ। सोमबार २५८ वटा धितोपत्रको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको हो।

सोमबार राप्ति हाइड्रोको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ३७६ रुपैयाँ २० पैसा पुगेको छ। यस्तै, दोर्दी खोला जलविद्युतको सेयर मूल्य ४.१७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१२ रुपैयाँ ५० पैसा पुगेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा जीवन विकास लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.१५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २ हजार ४६३ रुपैयाँमा झरेको छ।

यस्तै, उपकार लघुवित्तको सेयर मूल्य ७.४२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २ हजार १६० रुपैयाँ कायम भएको छ। यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता २ हजार ३९० रुपैयाँमा २० करोड ८२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३१ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा साल्ट ट्रेडिङ कर्पोरेसन रहेको छ। उक्त कम्पनीको ४ हजार ४९४ रुपैयाँमा ११ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक ०.७९ र ०.४० प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.२० प्रतिशतले घटेको छ।