काठमाडौँ । बढुवा समितिको सचिवालयले नौ जनालाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित बढुवा समितिको सचिवालयले आज एक सूचना जारी गर्दै ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा रिक्त सहसचिव पदमा बढुवा सिफारिस गरेको जनाएको छ।
बढुवा समितिको शुक्रबारको निर्णयअनुसार नेपाल प्रशासन सेवा (राजपत्रांकित प्रथम श्रेणी) अन्तर्गत पाँच जना, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह (राजपत्रांकित प्रथम श्रेणी) अन्तर्गत एक जना र सोही सेवाको हाइवे उपसमूह (राजपत्रांकित प्रथम श्रेणी)अन्तर्गत तीन जनालाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
हेर्नुहोस् सूचना :








