२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा

अ+ अ-

चितवन । सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ ।

पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका-४ लङ्कुमा सो स्कुल शनिवारदेखि सञ्चालनमा ल्याएको हो ।

हालै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले चितवनबाट चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरुआत गरेसँगै सो स्कुल सञ्चालनमा आएको जनाइएको छ ।

सो कार्यालयद्वारा जारी ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४’ का अनुसार चितवनमा सो स्कुलले सञ्चालनको पहिलो अनुमति पाएको थियो । स्कुलमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई पनि विशेष प्रशिक्षणको व्यवस्था रहेको र अहिले स्कुलमा पाँच कमजोर शारीरिक अवस्थाका व्यक्तिले निःशुल्क प्रशिक्षण लिइरहेको बताइएको छ ।

दुई बिघा क्षेत्रफलमा सञ्चालित सो स्कुलका सञ्चालकमा युवा व्यवसायी माधवप्रसाद अधिकारी, रामनारायण घिमिरे, राजन क्षेत्री र विवेक जङ्ग थापा रहेको शनिबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । महेश सन्यास आश्रम देवघाटका संरक्षक स्वामी मधुसुधानन्द गिरी शनिबार सो स्कुल सञ्चालनको शुभारम्भ गरे । सो अवसरमा सञ्चालक अधिकारीले भने, ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ का सबै मापदण्डअनुसार चितवन ड्राइभिङ स्कुल सञ्चालनमा ल्याएका हौँ ।’ उनका अनुसार स्कुलमा एकै पटक बिसभन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिन सकिने छ ।

हाल मोटरसाइकल, स्कुटर, अटो र चार पाङ्ग्रे सवारीसाधनको चालक प्रशिक्षण दिन स्कुलले सुरुआत गरेको छ । ‘प्रशिक्षार्थीको माग र आवश्यकताअनुसार भविष्यमा अन्य सवारीसाधनको लागि पनि प्रशिक्षण दिने तयारीमा छौँ । प्रशिक्षार्थीलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सवारी सीप र ज्ञानसम्बन्धी पुस्तक वितरण, परामर्श र तालिम दिने छौँ’, उनले भने ।

स्कुलले ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम र सचेतनासम्बन्धी जानकारी पनि एकैसाथ अगाडि बढाउने जनाएको छ । स्कुलका सञ्चालक घिमिरेले भने, ‘यस स्कुललाई नमुना ड्राइभिङ स्कुल र सवारी सुरक्षासम्बन्धी अध्ययन केन्द्र रूपमा विकसित गरिने छ । हाम्रो ध्येय भनेकै सवारी दुर्घटनारहित समाज सिर्जना गर्नु हो । यसलाई पूरा गर्न सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।’

पछिल्लो समय सवारी दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना सवारी चालकको लापरबाहीले हुने गरेको ट्राफिक प्रहरी कार्यकालको तथ्याङ्क छ । उनले दक्ष सवारी चालक उत्पादन गर्ने लक्ष्यका साथ धेरै लगानी गरेर स्कुल सञ्चालनमा ल्याइएको बताए । अर्का सञ्चालक थापाले अन्य ड्राइभिङ स्कुलभन्दा चितवन ड्राइभिङ स्कुल फरक रहेको दाबी गर्दै यसले दक्ष सवारी चालक उत्पादन गरी सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।